मंसिर १६, काठमाण्डौ । धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ । बिहीबार राति मिथिला बिहारी नगरपालिका(४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो ।
त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।