मंसिर १६, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षको मुनाफाबाट शेयधनीहरुलाई दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश दिने दिने घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।