मंसिर १६, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए । ‘उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको मात्रै हो। अहिलेसम्म केही त्यस्तो प्रगति भएको छैन,’ बोहराले भने ।