मंसिर १७, काठमाण्डौ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैटौँ राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । अडानले अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।
बैठकमा कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमवहादुर श्रेष्ठले पेस गरेका थिए । बैठकमा देशभरबाट आएका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरूले आ–आफ्नो क्षेत्रका पेशागत मुद्दा एवं गतिविधिका सन्दर्भमा प्रकाश पारेका थिए । बैठकमा स्वागत, विषय प्रवेश मन्तव्य अध्यक्ष केदार नाथ पौडेलले र उपस्थित सबैमा प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।