मंसिर १८, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागका थोरै स्थानमा बदली र बाँकी भागमा मौसम सफा हुने जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । यतिबेला देशका पहाडी भूभागका एक(दुई स्थानमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।