मंसिर १८, काठमाण्डौ । सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिवन्ध लगाएको छ । सो आयात प्रतिबन्धका साथसाथै अटोमोवाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु, जस्तै हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा बृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका छन । यस संगै हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको बृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ । सयौं अटोमोवाइल शो रुमहरु बन्द भईसकेका छन् भने थप अन्य शो रुमहरु समेत बन्द हुने क्रममा रहेका छन । यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन् ।
नेपालको अटोमोवाइल क्षेत्रले सरकारको राजस्वमा २१ प्रतिशत योगदान गर्दै, प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रुपमा झण्डै दश लाख जनालाई रोजगारी प्रदान गरेको छ । त्यसैगरी यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जिवन विमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा अटोमोवाइल क्षेत्रले हिस्सामा योगदान पु¥याउदै आएको भए पनि सरकारले यस क्षेत्रलाई विलाशी बस्तुहरुमा बर्गिकरण गर्दे त्यसै अनुरुपको उच्च महशुल मात्र लगाएको छैन अपितु यस व्यवसायलाई नै निरुत्साहित गर्ने उद्धेश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोधहरु तेस्र्याउने गरेको हामीले देखिरहेका छौ । ती नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गरि दिन हामी अटोमोवाइल व्यवसायीहरुले निरन्तर रुपमा औपचारीक र अनौपचारीक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र नेपाल राष्ट्र बैंकसंग अनुरोध गर्दै आए पनि कुनै सुनवाई नभएपछि निम्न नीतिगत मागहरु राख्दै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न हामी व्यवसायीहरु बाध्य भएका छौ ।
यस विरोध कार्यक्रममा सम्पूर्ण अटोमोवाइल व्यवसायीहरु, नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत भौतिक उपस्थिति, नैतिक समर्थन र एकेबद्धताको लागि हार्दिक अनुरोध गर्दछौं । यस विरोध कार्यक्रममा सम्पूर्ण मिडिया क्षेत्रबाट समेत आवश्यक सहयोग प्राप्त हुने अपेक्षा हामीले राखेका छौ ।