मंसिर १८, काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग (गरिमा डिजिटल बुटवल ) बाट अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले न्बचष्mब गरिमा डिजिटल बुटवल एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआरस्क्यान गरी क्युआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै, बैंकले नेपालपे क्युआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्युआर स्थापना र सञ्चालनमा आएको हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बुटवल अथवा नेपालपे क्युआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।
यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपालपे क्युआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै, डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ ।
गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।