मँसिर १८, काठमाण्डो । नेकपा एमालेका नेता तथा नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको थियो । छिमेकीले तार जोडिएको शंकास्पद कुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो । बास्कोटा काभ्रे २ बाट निर्वाचित सांसद् हुन् ।