मंसिर १८, काठमाडौ । मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता विचल्लीमा परेका छन् । सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू विचल्लीमा परेका हुन् । यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए ।
रामेछाप घर भएका तामाङले आजभन्दा २ वर्षअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको मञ्जुश्री सहकारीमा ८ लाख जम्मा गरेका थिए। यतिवेला सो पैसा कसरी उठाउने भन्ने चिन्तामा रहेका उनी बताउँछन्। यतिवेला सहकारीमा जितेन लामा ३५ लाख, उमेश खतिवडा १४ लाख भगवती मिजार ६ लाख,डोल्मा लामा २३ लाख भुक्तानी लिन बाँकी रहेको उनले बताए ।