मंसिर १८, काठमाण्डौ । हाल सरकारसँग ४२ हजार नौ सय ४३ मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल कृषि सामाग्री कम्पनीसँग युरिया १५ हजार, डिएपी १८ हजार चार सय, पोटास एक हजार आठ सय ३७ गरी जम्मा ३५ हजार चार सय टन मल मौज्दात छ ।
साल्ट ट्रेडिङ कम्पनीसँग युरिया ६ हजार पाँच सय, डिएपी आठ सय र पोटास ९५ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्ष २०७९र८० मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मलखाद खरिदको लागि टेण्डर आह्वान भएका थियो ।