मंसिर १९, काठमाडौं । अब काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।
यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तैस घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरी मात्र उपलब्ध थियो भने अब खल्तीको एपबाट सिधै भुक्तानी गर्न सकिनेछ ।