मंसिर २०,चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।
दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए ।