मंसिर २१, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना दिएको छ । बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् ।
आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए ।