मंसिर २१, काठमाण्डौ । आइडिया स्टुडियो नेपालले जापान–नेपाल व्यापारिक मैत्री सम्बन्धलाई अझै सहज र बलियो बनाउन पाँचदिने शिखर सम्मेलन आयोजना गर्योन । आइडिया स्टुडियोले लिडएक्स र फोर्थ भ्याली कन्सर्ज कर्पोरेसन जापानसँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको हो ।
यही मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन भएको सो सम्मेलनमा जापानी २५ ठूला कम्पनीका पर्यटन र आतिथ्य लगानीकर्ता जापानी अतिथिहरूको उपस्थिति थियो ।
सम्मेलनले नेपाल र जापानको व्यापारिक सम्बन्धलाई बलियो बनाउनुका साथै नेपालमा जापनी लगानी भित्र्याउन अनि नेपाली प्रतिभालाई जापानी बजारमा एक उच्च स्थान दिने बताइएको छ ।
सम्मेलनका लागि नेपाल पर्यटन विकास बोर्ड, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका साथै लिपफ़्रग आईटी कम्पनीको पनि सहकार्य रहेको छ ।
सम्मेलनका क्रममा नेपाल भ्रमणमा रहेका जापानी प्रतिनिधिहरूले विभिन्न आईटी कम्पनी, विश्वविद्यालयहरूको पनि भ्रमण गरेका छन्, जसले आगामी दिनहरूमा जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्नका निम्ति सहज भूमिका निर्वाह गर्नेछ ।
आयोजकका अनुसार नेपालमा प्रतिभा र दक्ष जनशक्ति प्रशस्तै भएर पनि उनीहरूले विश्वबजारमा आफूलाई एक अब्बल जनशक्तिको रूपमा प्रस्तुत गर्ने अवसर नपाएको अवस्थामा लिडएक्स र फोर्थ भ्याली कन्सर्ज कर्पोरेसनको पहलमा जापानी लगानीकर्ताहरू समक्ष परिचित गराउन पनि सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनका क्रममा भेडा एप, वर्ल्ड लिंक, खल्ती, फ्युज मेसिन, एड्भान्स इन्जिनियरिङ कलेजसँग पनि जापानी अतिथिहरुले अन्तरक्रिया गरेका छन् । साथै, त्रिभुवन विश्वविद्यालयसँग पनि अन्तरक्रिया गरे । भेटवार्ता र अन्तर्क्रिया कार्यक्रमले जापानी प्रतिनिधिहरूलाई नेपालमा लगानी गर्नका लागि मनोबल अझ बढेको गरिएको छ ।
विश्वबजारमा विकासोन्मुख देश भनेर चिनिँदै आएको मुलुकको दक्ष जनशक्तिले बनाएका विभिन्न प्रविधि र सीपलाई अझै मद्दत गर्ने उद्देश्यले लिडएक्स र एफभीसीले जापान-टाउनको अवधारणालाई अगाडि सारेको छ, जापान टाउनमा आईटीका हाम्रा प्रतिभाहरू विश्वबजारमै आईटीमा प्रख्यात मानिने जापानका लागि तयार हुँदै छन् ।