मंसिर २२,काठमाडौँ । आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा हिजो बुधवार सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक ुथिमु मा आधारित यस अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका छन् । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गरेका छन् ।
बुधवार काठमाण्डौको पानीपोखरीमा रहेको आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकामा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्रान्ड एम्बेसडर दीपकराज गिरीले संयुक्तरूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आईएमईले समय–समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । आईएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै उनले यो ब्रान्ड सबैसँग जोडियोस्, सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराए ।
यस्तै आईएमईका ब्रान्ड एम्बेसडर एवम् कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिट्यान्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।
यस वर्षका पर्वका अवसरमा आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक ुथिमु मा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो । यो अफर २०७८ भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म नौ हप्ता अर्थात् ६३ दिनसम्म सञ्चालनमा ल्याइएको थियो ।
अफरअनुसार विदेशबाट आईइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने गरि व्यवस्था मिलाइएको थियो । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम बुधवार सम्पन्न भएको छ ।