मंसिर २६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।
पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।