मंसिर २६, काठमाण्डौ । धनुषामा बञ्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरकी सीता यादवको बञ्चरो प्रहारबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सीता वीरेन्द्र यादवको २८ वर्षीय हुन् । आइतबार रात्रिकालीन समय ११ बजे धरिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ। प्रहरी श्रोतका अनुसार बञ्चरोले मुखमा प्रहार गरी मारिएको छ ।