मंसिर २६, काठमाडौं । अर्को पार्टीका अध्यक्ष रहेका व्यक्तिलाई एमालेले समानुपातिक सांसद् बनाएपछि एमालेभित्र विवाद सुरु भएको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको यो निर्णयबाट एमाले नेताहरु असन्तुष्ट छन् । तर अध्यक्षको विरुद्ध बाहिर खुलेरै विरोध भने गर्न सकेका छैनन् ।
तर अध्यक्ष ओलीको हरेक गलत कदमविरुद्ध आवाज उठाइरहने एमाले नेता भीम रावलले भने ढकाललाई सांसद बनाउने निर्णयमाथि गम्भिर प्रश्न उठाएका छन् । रावलले ढकाल परिवार दलको अध्यक्ष रहेको भएपनि एमालेबाट समानुपातिक सांसद बनाएको भन्दै प्रश्न उठाएका हुन् । उनले नेपालमा इशाई धर्म प्रचार गर्ने संस्थामा जोडिएका र जापान सरकारको समेत छानविनमा रहेको युनिफिकेशन चर्चका नेपाल प्रतिनिधिलाई सांसद बनाएको भन्दै आलोचना गरेका हुन् । ढकाललाई सांसद बनाउने एमालेको निर्णय राजनीतिमा नैतिकताको खडेरीका रुपमा रावलले टिप्पणी गरेका छन् ।