मंसिर २६, काठामाण्डौ । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध गर्ने क्रम बढेको छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले यो अध्यादेशको विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।