मंसिर २७, काठमाण्डौ । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन(२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए ।
मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् ।