मंसिर २७, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष पेस गरिएको एउटा अध्यादेश फिर्ता लिन माग गरेको छ ।
सर्वोच्च बारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९ संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी मूल्य–मान्यता र फौजदारी कानुनका स्थापित सिद्धान्तहरूविपरीत रहेको जनाएको हो । सो अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।
