मंसिर २७, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो । नेप्से ०.१३ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ ।
यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ वटा कम्पनीको मूल्य तलमाथि भएको छैन । यसबाहेक, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।