मंसिर २८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभावलाई सुधार्ने कोशिस गरिरकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको छैठौंं महासभालाई आज संबोधन गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । गभर्नर अधिकारीले ब्याजदर बढ्नु स्वभाविक भएको पनि बताए ।
अर्थतन्त्रमा संकट आउँदा आयात प्रतिबन्ध, बैंकको ब्याज र ऋण लगानीमा कडाई गरिएको उनले बताए । गभर्नर अधिकरीले व्यवसायीहरुले बैंकबाट लगेको ऋण बैंकमा फिर्ता नगरेको कारण तरलता असहज भएको जिकीर समेत गरे ।