पुस १,काठमाडौँ । इन्टरनेशनल प्रोजेक्ट डेभलपमेन्ट फोरम (आइपिडीएफ)को पहिलो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राजधानीको होटल र्याडिसनमा सम्पन्न कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको बताउदै सरकारले उद्यागीलाई लगानी गर्न उत्साहित बनाउने निति ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सुमार्गीले विकासको गतिलाई अघि बढाउनुपर्ने बेला उद्योगीले अन्तराष्ट्रिय लगानी भित्र्याउन खोज्दा राजयबाट लखेट्ने काम भएको जिकिर गरे । उनले नेपालमा भएको लगानी अनुत्पादक क्षेत्रमा भएको कारण देशको विकासले गति नलिएको धारणा व्यक्त गरे । उनले आइपिडिएफलाई लगानी बोर्डले सर्टिफाइड गर्नसमेत उनले आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा लगानी बोर्डका निर्देशक बालकृष्ण शिवाकोटीले सरकारले लगानीमैत्री वातावरण बनाउन सक्दो पहल गरिरहेको बताउदै अन्त्राष्ट्रिय लगानी भित्र्याउने सवालमा सरकार गम्भिर रहेको बताए । कार्यक्रममा बरिष्ठ चिकित्सक डा. भोला रिजाल,पुर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री,आइएमएस ग्रुपका संस्थापक दिपक मल्होत्रा,एनआरएनएकी अध्यक्ष रविना थापा,सुमार्गि ग्रुपकी निर्देक अस्मिता सुमार्गी लगायतको उपस्थिती रहेको थियो ।