पौष २, काठमाण्डौ । आईपीओ जारी गरेकै बर्ष बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते विहिबार बसेको कम्पनीको संचालक समितीको बैंठकले लाभांश सहित साधारणसभा आह्वान गरेको छ ।
यहि बर्ष जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।