पौष २, काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले देउवासँग प्रस्ताव गरेका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।