पौष २,काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले नेताहरुले बताएका छन् ।
संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टी नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तयारी भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा ७८ सिट जितेको एमालेमा २९ जना पहिलोपटक सांसद बनेका छन् ।