पौष २, मकवानपुर । मकवानपुर उद्योग बाणिज्य संघको ५६ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र संघईले पछिल्लो मौद्रिक नितिका कारण व्यवसायीक शिथिलताको अन्त्य गर्न राष्ट्रबैंकसंग निरन्तर पहल गरिरहेको बताएका छन् । उनले चालु पुजीँ कर्जा मार्गदर्शन हाललाई स्थगन गर्न राष्ट्रबैंकलाई आग्रह गरिरहेको र माग सुनुवाइ नभए कठोर निर्णय गर्न पछि नपर्ने उनको भनाइ थियो । उनले व्यवसायीको हितका लागि महासंघ चुप लागेर नबसेको संघाईले बताए । संघईले मकवानपुर उद्योग बाणिज्य संघको ५६ औं बार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे ।
महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल राष्ट्र बैंकले २०७९ कार्तिक महिनादेखि लागु गरेको चालूपुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघले पटक पटक आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रिय बैंकको समेत ध्यानाकर्षण गराउदै आएको र चालूपुँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएकाले चालूपुँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्नुपर्ने बताए । उनले दुई बर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारि राख्नपर्ने धारणा व्यक्त गरे ।