पौष ४, काठमाण्डौ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।
नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ ज्यु प्रथम हुनुभयो भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो हुन सफल हुनुभयो। त्यसै गरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहनु भयो । कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो ।
यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठ ज्यु ले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुंग स्मार्ट एलईडि टिभी जित्नु भएको छ ।