पौष ४, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
चयन हुनु अघि गरिएको प्रारम्भिक निर्वाचनमा पनि सभापति लामिछाने नै छानिएका थिए । पार्टीका प्रवक्ता डा. मुकुल ढकालले प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गरेको जानकारी दिए