पौष ४, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले बुधबार संसदीय दल कार्यसमितिको निर्वाचन पुस ६ गते बिहान हुने जनाएको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सह(महामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
कांग्रेसमा ८९ जना सांसद छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेताका आकांक्षी हुन् ।