पौष ४, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् । एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।
