पौष ४, काठमाण्डौ । सोमबार १२५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहृयो । नेप्से परिसूचक भने जम्मा ३.८ अंक बढेर १८५८ अंकमा कायम भएको छ । ८८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भयो ।
बैंकिङ ०.३५, जलविद्युत् १, माइक्रोफाइनान्स १३ तथा ब्यापार उपसमूह ०.८ अंक घटे । विकास बैंक १५, फाइनान्स ६, होटल तथा पर्यटन ४, जीवन बीमा २८, उत्पादन १०, निर्जीवन बीमा १३ र अन्य उपसमूह २८ अंक बढे । धौलागिरि लघुवित्तको मूल्य १० तथा खप्तड लघुवित्तको ६ प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत घट्यो ।