पौष ४,काठमाडौँ । नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सोमबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुखहरुको सहभागिता रहेको संघले जनाएको छ ।
३ दिन चल्ने महाधिवेशनमा संघले नयाँ कार्यसमिति चयन सहित अन्तर सरकारी छलफल, वित्तिय संघीयताको विषयमा छलफल, सेवा प्रवाह र लगानी, जैविक विविधताबारे छलफल गर्नेछ ।