पौष ४, काठमाण्डौ । सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो ।
स्थानीयका अनुसार कठ्याङग्रिएर ज्यान गएका रमेश र रामभगतले मदिरा सेवन गर्नुहुन्थ्यो । उहाँहरुको मृत्युबारे स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइएको छैन् । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझी मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्याङग्रिएर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।