पौष ६, काठमाण्डौ । लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङमा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिब सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ ।
राप्ती गाउँपालिका-३ लालमटियामा निर्माण भइरहेको प्रदेश सभा भवनको पूर्वाधार निर्माणको काम करिब सकिइसकेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग सकिएको छ,’ प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’