मनिष दुवाडी__________
पौष ६, काठमाण्डौ । आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने भएका छन् । पुष ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाइ प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताए । संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुख अतिथिको निमन्त्रणा पत्र दिएको थियो । महोत्सवको उद्घाटन पुष ७ गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ ।
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधान भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुदैछ । उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृतिसम्मलाइ समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।
यस्ता छन् महोत्सवकोे मुख्य आर्कषणहरु :
– स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
– कृषि प्रदर्शनी
-साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
-विविध साँस्कृतिक प्रदर्शनी
-पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
-स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
– हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
– राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
– खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
– जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
– आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
– इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी