पौष ६, काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको लोसपा संसदीय दलको बैठकले ठाकुरलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकले ठाकुरलाई सर्वसम्मत रुपमा नेता चयन गरेको लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिएका छन् ।