पौष ६, काठमाण्डौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ ।
सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए ।