पौष ८, काठमाण्डौ । पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीव्र विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री नछाडने अडान लिएपछि उनलाई मनाउन कांग्रेस नेताहरु लागिपरेका छन् । शुक्रबार बिहानै प्रचण्डलाई भेट्न कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षमा प्रचण्डसँग छलफल गर्न सिंहलाई खुमटार पठाएका हुन् ।
देउवा समेत विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड समेत कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् । सिंहले प्रचण्डलाई पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।