पौष ८, काठमाण्डौ । सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ ।