पौष ९, काठमाडौ । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ।
शुक्रबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो । दुवै नेताबीच शुक्रबार साँझ पनि छलफल भएको थियो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ ।