पौष ९, काठमाण्डौ । नेपाली कांग्रेसका सांसदहरू आज बालुवाटारमा भेला हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, प्रधानमन्त्रीको सरकारी निवासमा सांसदहरू मध्यान्ह १२ः३० मा भेला हुनेछन् । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले समयसामयिक राजनीतिक समीक्षा एवं गठबन्धनमा रहेका अन्य दलसँग ुपावर शेयरिङु गर्ने विषयमा सांसदहरूसित छलफल गर्न लागिएको बताए ।
सांसदहरूलाई खबर गर्ने क्रम जारी रहेको उनले जनाए । राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समयसीमा सकिनैलाग्दा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू तीव्र छलफलमा छन् ।