पौष १०, काठमाडौ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । पुस ३ गते राष्ट्रपति भण्डारीले एक साताको समय दिँदै आज बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी गर्नका लागि समय दिएकी थिइन् । तर अहिलेसम्म दलहरुबीच सहमति जुटेको छैन । निर्वाचनका कुनै पनि एक दलको बहुमत नआएकाले गठबन्धन गरेर सरकार निर्माण गर्नुपर्ने अवस्था छ। यता सरकार गठनका लागि सत्तारुढ गठबन्धन लागिपरेको छ ।
तर दलरुले प्रयास गरे पनि एक साताको अवधिसम्म सहमति जुटाउन सकेका छैनन्। प्रधानमन्त्री बारे सहमति जुटाउनका लागि आज पुन: गठबन्धनको बैठक बोलाइएको छ ।