पौष १०, काठमाण्डौ । सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन । गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएका हुन् ।
यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि ९आइतबार० प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि प्रदेश सरकार बाँडफाँटको विषय गठबन्धनका पाँच दलले प्याकेजमै सहमति जुटाउने नेताहरूको भनाइ छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पहिलो प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन्। दाहालले यो गठबन्धन नयाँ नभई चुनावअघिकै निरन्तरता भएकाले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका थिए। चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान उनले सुनाएका थिए। तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आइतबार ५ बजेसम्मको समय तोकेकी छन्। उक्त समयभित्र सबै विषय टुंग्याएर प्रधानमन्त्रीमा दाबी गर्ने गठबन्धनका नेताहरूको भनाइ छ। ‘भोलि ९आइतबार० सहमति जुट्छ होला’, माओवादी नेता शक्ति बस्नेतले भने, ‘सबै विषयमा छलफल भइरहेको छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।