पौष १०, काठमाडौ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । पार्टीका प्रचर विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । मिथिलेश कुमार सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य छन् ।