पौष १०, काठमाण्डौ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । नेताद्वयबीच मात्र वार्ता भइरहेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीचको वार्ता जारी रहेको स्रोतले जानकारी दियो । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् ।