पौष १०, काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनका प्रमुख दलको शिर्ष बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि प्रवेश गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको समयमा नेपालको प्रवेश भएको हो । राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको सात दिनको म्याद सकिनै लाग्दा दलहरु सरकार गठनको चटारोमा जुटेका हुन् ।
सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन दलहरु सकारात्मक भएपनि पहिलो प्रधानमन्त्री को हुने भन्ने विवाद छ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो प्रधानमन्त्री आफू बन्न चाहन्छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहाल पहिला आफू प्रधानमन्त्री बन्न पाउनु पर्ने दाबी गरिरहेका छन् ।