मंसिर १६, काठमाण्डौ । काठमाडौँ महनगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा, क्षति वा नोक्सान पुर्याएमा कारबाही गर्ने भएको छ । महानगरले सूचना गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा नोक्सान पुर्याएमा कानूनबमोजिम कारबाही गरी क्षतिपुर्तिसमेत भर्ने महानगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ २ को खण्ड क ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको महानगरले उल्लेख गरेको छ ।