मंसिर १८, काठमाण्डौ । दक्षिण सुडानमा नेपाली सेनाको २१३ जनाको टोली आज गएको छ । नेपाली सेनाका अनुसार प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्समार्फत वीरदल गणको नवौं डफ्फाको पहिलो टोली दक्षिण सुडान उडेको हो । उक्त टोललीले सुडानमा रहेको चन्दननाथ गणको आठौं डफ्फालाई बदली गरेको जंगी अड्डाले जनाएको छ ।
आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरू सेनानी गोपालसिंह बोहराको नेतृत्वमा मंसिर १७ गते सोही एयरलाइन्समार्फत स्वदेश आउने सेनाले जनाएको छ ।